

नारी कोसिस डट कम /पौष १० काठमाण्डौ , कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक सहयोगमा सोमबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गान्धी स्कुल काँडाघारीका सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भूतपूर्व नेकपा एमालेका प्रधानमन्त्री माधव कुमार नेपालले नगरपालिकाले सरानिय काम गरेको भन्दै प्रसंसा गरेका थिए ।

नगरपलिकाले यस क्षेत्रका गत वर्ष २०७४ मा SEE मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगद पुरस्कार सहितको सम्मान कार्यक्रम सम्पन्न गरेको हो। यस वर्ष सामुदायिक विद्यालयतर्फ गान्धी आदर्श मा.वि.कागेश्वरी मनोहरा ९ तथा संस्थागत तर्फ विद्या आर्जन स्कुल कागेश्वरी मनोहरा ६ उत्कृष्ट विद्यालय लाई नगद पुरस्कार वापत रु दुई लाख नगद प्रदान गरिएको छ।

गान्धी आदर्श मा.बि.का माधवी कटुवालले सामुदायिक तर्फबाट उत्कृष्ट विद्यार्थी तथा महाकबि देवकोटा मेमोरियल स्कुलका निर्जल बोगटीले संस्थागत बिद्यालयका तर्फबाट उत्कृष्ट बिद्यार्थी घोषित भै जनही नगद रु एक लाख प्राप्त गरेका छन । सोही समारोहमा गत वर्ष उत्कृष्ट नतिजा ल्याउने सफल शिक्षकहरुलाई पनि सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा ,उप प्रमुख बिन्दु पुडासैनि सिम्खडा ,नगर प्रवक्ता राजाराम पुडासैनि लगायत स्थानिय जनप्रतिनिधि सहित विभिन्न संघ संस्थाका व्यक्तित्वहरु उपस्थिति थिए ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु