
नारीकोसिस डटकम माघ ७, काठमाडौ । संघिय सरकार आएपछि नेता, मन्त्रीदेखि जनप्रतिनिधीसम्म बिलासी बनेर राष्ट्रको ढुकुटीको दुरुपयोग भईरहेको भन्दै आलोचना र बिवाद भईरहेको बेला दक्षिणकाली नगरपालिकाकी उपप्रमुखले भने राज्यले दिएको सुविधालाई शिक्षा र स्वास्थ्यको लागि खर्चिने भएको छ ।
उपप्रमुख बसन्ती तामाङले सुविधा बापत पाएको सवारी नलिने घोषणा गरे सँगै उक्त रकम स्थानीय जनताको सेवा सुविधाको लागि एम्वुलेन्स खरिदमा खर्च गर्ने भएकी हुन्।
उनले सवारी सुविधाका लागि पाएको ३० लाख शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताइन्। गाडी पछि चढ्दै गरौँला भन्ने सोच बनाएकी उनले भनिन् “गाउँको बिरामी एम्बुलेन्सका कारण ज्यान गुमाइरहेका बेला गाडी चढ्न भन्दा भएको पाँच लाख एम्बुलेन्स किन्न दिँदा राम्रो होला भनेर त्यता दिएँ।”
सो बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु माध्यमिक विद्यालयलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न दिइएको छ भने बाँकी रहेको पाँच लाख एम्बुलेन्स खरिदका सोचन्द भैरव परिवारलाई दिने उनले घोषणा गरेकी हुन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु