
नारी कोसिस डटकम /सवारी साधनमा यात्रा गर्दा केही व्यक्तिहरुलाई वाकवाकी लाग्ने, रिँगटा लाग्ने, असहज महसुस हुनेजस्ता समस्या देखा पर्छ ।
बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा मानिस वान्ता गर्छन् । तर कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन् ।
यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगबाट आफ्ने कार्य गर्न नसक्दा वान्ता हुने समस्या आउँछ । यसरी यात्रा गर्दा वान्ता हुनुलाई सिकनेस अर्थात यात्राजन्य वान्ता भनिन्छ ।
गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट चापाई राख्दा वा मुखमा राखिरख्दा वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा हुन्छ ।
बान्ता हुनबाट बच्ने उपायहरु
-यात्रामा निस्कँदा पेट खाली नराख्ने
-पेट टन्न हुने गरी भारी चिज पनि नखाने
-अमिलो–पिरो खानेकुराबाट पनि टाढा रहने
-छिटो नपच्ने कुरा नखाने
-गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने नगर्ने
-गाडीको झ्यालको शीशा ड्यामडुम बन्द नगर्ने













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु