
नारीकोसिस डटकम । सुन्तला, जाडो महिनामा पाइने र धेरै खाइने फलफूलमध्ये एक हो । सुन्तलामा धेरै मात्रामा फाइबर, फोलेट, भिटामिन सी, पोटासियम र क्याल्सियम पाईन्छ । जसले स्वास्थ्यलाई धेरै फाइदा गर्छ।
बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ । दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ ।
सुन्ताला खादा हुने फाईदाहरु
१. सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलासयमा क्यान्सर लाग्ने जोखिम घटाउँछ ।
२. सुन्तला खाइरहनुले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्यामा न्यूनता आउँछ ।
३. सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसको नियमित प्रयोग गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ ।
४. सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छ । यिनले मुटुको गतिविधिलाई सुचारु राखी मुटुलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । सुन्तला नियमित खान सक्यो भने यो रोगमा केही कमी आउन सक्छ ।
५. सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।
६. सुन्तलामा बढी मात्रामा पाइने क्यालसियमले दाँत र हड्डी बलियो राख्छ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु