
नारी कोसिस डटकम/माघ ९, काठमाडौ । मौसममा आएको परिवर्तनका कारण बुधावार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको छ । यसै गरी उपत्यकाको फूलचोकी र चन्द्रागिरीमा हिँउ परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभरकै मौसममा बदली भइ बादल आकाशमा लाग्नुका साथै वर्षा हुनेछ ।
पश्चिमी वायु पूर्व सर्ने क्रम रहेकोले वर्षा भइरहेको र अनुसार बुधबार बिहानको मापन अनुसार काठमाडौमा सवैभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै पूर्वका उच्च हिमाली क्षेत्रमा बर्षासहित हिमपात समेत भएको छ ।
बिहीबार देशको मौसममा केही सुधार आउने भएपनि शुक्रबारबाट पश्चिमबाट अर्को बायु नेपाल प्रवेश गर्ने भएकाले पुन वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अधिकांश भागमा वर्षा भएपनि तापक्रममा भने खासै परिवर्तन नआएको विभागले जनाएको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु