
नारी कोसिस डट कम/२४ माघ, काठमाडौं । काठमाडौं उपत्यका सहित देशका पश्चिम भेगमा बिहीबार विहानदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ ।


पानी पर्ने र रोकिने क्रम चलिरहे पनि यो प्रणालीको असरले पश्चिम क्षेत्रमा शुक्रबारसम्म पानी पर्ने महाशाखाको अनुमान छ । वर्षाले काठमाडौ उपत्यकाको जनजीवन प्रभावित भएको छ । काम विशेषले बाहिर हिँड्नुपर्नेहरु वर्षाका कारण समस्यामा परेका छन् । तर वर्षामा पनि काम गर्नुपर्ने बाध्यता हुनेहरु पनि छन् । बिहीबार ट्राफिक प्रहरी, सडक विभागका कर्मचारी र फुटपाथमा ब्यापार गर्नेहरु पानी परिरहेको समयमा पनि काम गर्दै थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु