
नारी कोसिस डटकम/काठमाण्डौं । ल्वाङ बोटमा बासनादार फूल हुन्छ । जसलाई सुकाएर मसला बनाइन्छ । जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व हुन्छ । त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्छ । ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ । जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत दिलाउँछ ।
ल्वाङको सेवनले रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पु¥याउँछ । ल्वाङमा हुने पोटासियम र भिटामिन ए को मात्राले शरीरमा कमजोरीपन आउने समस्या हटाउन सहयोग गर्छ ।
ल्वाङले आँखाको ज्योतिलाई कायम राख्न मद्दत गर्छ । साथै, पिनासको जोखिम कम गर्छ । ल्वाङ हालेको चिया नियमित पिउँदा दाँत बलियो हुने, मुखभित्रका घाउ निको हुने गर्छ । त्यसैगरी, कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ । यो सामग्री नयाँ पत्रिकामा प्रकाशित रहेको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु