
नारीकोसिस डटकम/फागुन १७, काठमाण्डौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
श्रद्धाञ्जलि दिन मृतकका परिवार, भीभीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगे । आफन्तजन, शुभेच्छुकको भीड तथा भावविह्वल बनेका थिए।
श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओडाएका थिए ।
राष्ट्रपति, उपराष्ट्रपति र नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन्।
काठमाण्डौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाण्डौं फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

















समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु