सिन्धुपाल्चोक दुर्घटनामा परेका सबै घाइतेको अवस्था गम्भीर

नारीकोसिस डटकम/मंसिर २९, काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी–७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको छ भने १६ जना यात्रु घाइते भएका छन् ।
आइतवार विहान दोलखाको कालिञ्चोकबाट दर्शन गरी फर्किदै गरेका यात्रुहरु सवार बस दुर्घटना भएको हो ।
घाइतेमध्ये चार जनाको अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । घाइते सबैको अवस्था गम्भीर रहेको छ । घाइतेहरुमा अन्दाजी ६० बर्षीय मिठु ढकाल, ३२ बर्षीय राम सिंह तामाङ , एक बालक र एक जना महिला रहेका छन् ।
बसका चालक फरार रहेका छन् । चालकको लापरबाहीले बस दुर्घटना भएको सिन्धुपाल्चोकका ट्राफिक प्रमुख राजेश दाहालले बताउनु भयो ।
यस्तै घाइते मध्ये ६ जनाको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार जारी छ भने ६ जना खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भईरहेको छ ।
तपाईको प्रतिक्रिया