
नारीकोसिस डटकम/चैत १७, धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाई-छिपाई राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको थियो । गजुरी गाउँपालिका–७ पेटारे निवासी ४५ वर्षीया सुकुमाया तामाङको घर र गोठमा राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश विष्टले बताउनुभयो ।
प्रहरीले छापा मार्दा चरेस ११० किलोग्राम, चरेश बनाउने धुलो ३२ किलोग्राम, गाँजा मिसिएको धुलो ३९० किलोग्राम, गाँजाको गेडासमेतको १०९ किलोग्राम बरामद गरी सुकुमायालाई पक्राउ गरिएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु