
आधुनिक युगमा नयाँ प्रविधिको विकाससँगै मान्छेहरूको आर्दश, दैनिकी तथा स्वभावमा निकै परिर्वतन आएको देख्न सकिन्छ ।
हरेक कुराको फाइदा सँगसँगै बेफाइदाहरू पनि हुने गर्दछन् । नयाँ डिजिटलको उत्पादन र सेवाहरूको विकास तीव्र गतिमा भइरहँदा हामीहरूलाई निकै सजिलो पनि भएको छ ।
आजकल बच्चाहरूलाई व्यस्त राख्ने वा फकाउने सबैभन्दा सजिलो उपाय ट्याबलेट र स्मार्टफोनको प्रयोग गरेको देखिन सकिन्छ ।
काममा व्यस्त हुनुपर्दा होस् या रोएको बेलामा फकाउन होस् अभिभावकहरूले मोबाईल दिएर बच्चालाई भुलाउने गर्दछन् । यसले बच्चाहरूमा विभिन्न समस्याहरू देखिन थालेको छ । उनीहरूमा घाँटी र आँखाको समस्या देखिने गरेको छ ।
यसै गरी बच्चाहरू एकोहोरो हुने, जिद्दी हुने तथा छिट्टै रिसाउने बानी लाग्दै आएका छन् । अभिभावकले खाना खाँदा, पढ्दा वा सुत्ने बेलामा मोबाइलबाट टाढा राखेर आफ्नो बालबालिकाका हरेक क्रियाकलापमा सधैँ निगरानी राख्नुपर्छ ।
अभिभावकले जे काम ग¥यो बच्चाहरुले तेस्तै देखेर सिक्ने गर्दछन् त्यसै कारणले अभिभावकले पनि सकेसम्म साना बच्चाको अगाडि आफू मोबाइलमा व्यस्त रहने गर्नुहुँदैन । अध्ययन अनुसार १३ वर्षमुनिका बच्चाहरू नयाँ प्रविधिको धेरै नजिक छन् ।
दुई वर्षभन्दा कम उमेरका बच्चाहरूलाई कुनै पनि प्रविधिको प्रयोग नगराउन तथा त्यो भन्दा माथिका बच्चाहरूलाई दिनको दुई घण्टामात्र प्रविधिको प्रयोग गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । साथै बच्चाहरूलाई स्मार्टफोन र ट्याब्लेटको संसारबाहिर सामाजिक अन्र्तक्रियामा बढी सहभागी हुन जोड दिनुपर्ने उनीहरूको आग्रह छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु