
बढ्दै गइरहेको प्रदूषणले सासलाई मात्र होइन, हाम्रो कपाललाई पनि उत्तिकै असर पुर्याइरहेको छ । त्यसैले आफ्नो कपालको हेरचाह गर्नुपर्छ । साथै मौसम परिवर्तन हुँदा गर्मीमा पसीना आउनाले हाम्रो कपालमा नराम्रो असर पर्छ । पसीनाले हाम्रो कपाल खराब गर्छ र कपाल रुखो हुन्छ । कतिपयका कपाल धेरै चिपचिप हुन थाल्छ । गर्मीमा कपाल छिटो फोहोर हुन्छ । कपालको स्याहार गर्ने तरिका यस्ता छन्ः
प्रशस्त पानी पिउने
एक त यस्तो गर्मी छ, त्यसमाथि पनि पानी पिउन कम गर्नुभयो भने कपाललाई असर पर्छ । कतिपयको बानी तिर्खा लागेपछि मात्र पानी पिउने बानी हुन्छ, जसले गर्दा पानीको मात्रा पुग्दैन । यदि त्यस्तो गरियो भने धेरै थरीका रोग त निस्कन्छ नै, त्योमध्ये कपाल झर्नु पनि एक हो । विशेषगरी यदि तपाईंको कपाल झरिरहेको छ भने दिनको ८ देखि १० ग्लास पानी पिउनुहोस् । पानीले कपाल चिलाएर भएको घाउबाट हुने इन्फेक्सन रोक्छ । कपालमा हुने इन्फेक्सन कपाल झर्ने मुख्य कारण हो ।
नुहाउनुअघि तेल लगाउने
कपाल झर्न कम गर्ने अर्को उपाय हो, नुहाउनु भन्दा पहिला कपालमा राम्रोसँग तेलले मालिस गर्ने । यदि तपाईको कपालमा तेलले मालिस नगरी कपाल नुहाउनुभयो भने तपाईंको कपाल सुख्खा हुन्छ र टुक्रा पर्न थाल्छ । हप्तामा ३ पटकसम्म तेलले मालिस गर्नुभयो भने कपाल झर्ने सम्भावना कम हुन्छ र कपालमा पनि चमक आउँछ ।
एजेन्सी













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु