
हारुकी मुराकामी जापानी उपन्यासकारका साथै भाषा अनुवादक पनि हुन् । उनका कृतिहरु जापानमा मात्रै नभई संसारमै प्रख्यात छन् । द गार्जियनले हारुकी मुराकामीलाई संसारमा जीवित उपन्यासकारहरुलाई मध्ये महान उपन्यासकारको उपमा दिएको थियो । उनले लेखेका उपन्यासहरु पचास भन्दा बढी भाषामा अनुवादित छन् । उनको जन्म सन् १९९४ जनवरी १२ मा भएको हो ।
हारुकी मुराकामीका प्रेरक भनाइहरु :
दु : ख अपरिहार्य हो । तर पीडित बनेर बस्नु विकल्प हो ।
म सपना देख्छु । मलाई लाग्छ, मैले गर्ने सबै भन्दा राम्रो काम भनेको त्यही हो ।
आफूलाई बिचरा ठानेर नबस । बेकम्माहरुले मात्र आफूलाई बिचरा ठानेर बस्छन् ।
पैसाले किन्न सकिने कुराहरुमा पैसा खर्च गर । पैसाले किन्न नसकिने कुराहरुमा समय खर्च नगर ।
अरुले जुन पुस्तक पढ्छन्, त्यही पुस्तक मात्र पढ्यौ भने अरुले जे सोच्छन् त्यही मात्र सोच्न सक्छौं ।
जीवन पानी जस्तो होइन । जीवनका परिस्थितिहरु एकै लयमा बग्दैनन् ।
तिमीले जे खोजिरहेका छौं, त्यो तिमीले चाहेकै रुपमा तिमी समक्ष आउँदैन ।
सबै भन्दा महत्वपुर्ण कुराहरु हामीले स्कुलमा सिक्दैनौं, जीवनका अनुभावहरुमा सिक्छौं ।
त्यस्तो कुनै युद्ध हुँदैन, जसले अरु सबै युद्धको अन्त्य गरोस् ।
मृत्यु जिन्दगीको विकल्प होइन, जिन्दगीको हिस्सा हो ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो