
नारीकोसिस डटकम/जेठ २१, रोल्पा । विद्यार्थीको हात भाँचिने गरी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ
।
भानु आधारभूत विद्यालय रुन्टिगढी गाउँपालिका–८ झेनामकी शिक्षिका पुनको कुटाईबाट घाइते १४ जनामध्ये पाँचजनाको हात भाँचिएको थियो। घटना जेठ १२ गते भए पनि प्रहरीले आइतबार मात्र जानकारी पाएको थियो।
यस विषयमा हामीलाई उजुरी परेपछि मात्र थाहा भयो,’ रोल्पा डिएसपी दीपक खड्काले बताए। उनका अनुसार इलाका प्रहरी कार्यालय होलेरीले पुनलाई पक्राउ गरी कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ। विभिन्न कक्षामा अध्ययन गर्ने उनीहरूमध्ये पाँचजनाको दाङमा उपचार गरिएको थियो। छात्रा भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएका कारण प्लास्टर गरिएको छ।
विद्यार्थीका अनुसार शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै भाँचिएको बेन्चको खुट्टाले अन्धाधुन्ध हिर्काएकी थिइन्। विद्यालय ढिला आएको निहुँमा विद्यार्थीले कुटाइ खाएका थिए।
निमित्त प्रअको जिम्मेवारी पाएकी शिक्षिकाले विद्यार्थीलाई जथाभावी पिट्न थालेपछि अरू शिक्षक विद्यालयभित्र छिरेका थिए।
घाइते हुने अन्य विद्यार्थीमा कक्षा १ का प्रेम पुनसहित सन्तोष बुढामगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशीला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्ती रहेका छन्। कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुरको कानको जाली फुटेर सुन्न छाडेको विद्यार्थीले बताएका छन्।
गाउँपालिकाले घटना सल्टाउन न्यायिक समितिमा छलफल गराउन खोजे पनि पीडित प्रहरीमा पुगेका हुन्। ‘घटना नराम्रो घट्यो। न्यायिक समितिमा छलफल गराउन खोजेको उहाँहरू प्रहरीकोमा जानुभएछ। अब कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढ्छ,’ रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने, ‘हामीले गाउँपालिकाको तर्फबाट पनि अनुसन्धान गर्दै छौं।’ घटनालाई राष्ट्रिय मानव अधिकार आयोगले पनि गम्भीरताका साथ हेरेको आयोगको नेपालगन्जस्थित कार्यालयले जनाएको छ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु