
नारीकोसिस डटकम/असोज १, काठमाडौं । पर्यटन विभागले हिमाल आरोहीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्दै वर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्वतारोहण एजेन्सीहरूलाई आग्रह गरेको छ ।
मंगलबारदेखिको जारी वर्षा रोकिन केही दिन रहने प्रक्षेपण मौसम पूर्वानुमान विभागले गरेपछि विभागले आरोहीहरूको सुरक्षामा ध्यान दिन पर्वतारोहण एजेन्सीहरूलाई आग्रह गरेको हो ।
केही दिन मौसम प्रतिकूल रहने पूर्वानुमान रहेको हुँदा पर्वतारोहण कार्य व्यवस्थापन गर्ने एजेन्सीहरूले आफूमार्फत विभिन्न हिमाल आरोहणका लागि गएका सबै व्यक्तिहरूको सुरक्षित बसोबास तथा आरोहणको व्यवस्था मिलाउन हुन अनुरोध छ’, विभागले भनेको छ, ‘मौसमको अनुकूलताको ख्याल राखेर मात्र आरोहण कार्य गर्नु र गराउनु हुन अनुरोध छ ।’
हिमाल आरोहणको सिजन भएकाले यतिबेला पर्वतारोहरण एजेन्सीमार्फत केही आरोहणमा छन् भने केही जाने क्रममा छन् । हिमाल आरोहणमा रहेका र अनुमति लिएर त्यसतर्फ जान लागेको संख्याबारे भने विभागले केही खुलाएको छैन ।
स्वदेशी तथा विदेशी पर्वतारोहीहरूलाई पर्वतारोहण एजेन्सीहरूले हिमाल आरोहण गराउने गरेका छन् । तर, यस्ता एजेन्सीहरूले पर्वतारोहीहरूको सुरक्षामा ध्यान नदिँदा बेला–बेला अप्रिय घटना हुने गरेको छ ।














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु