
नारीकोसिस डटकम । बिहान उठेलगत्तै मोबाइल फोनको प्रयोग नगर्ने सायद कमै होलान गर्छन् । विश्व सूचना प्रविधिले फड्को मारेसँगै विस्तारै अहिलेको समयमा मोबाइल फोन मानव जीवनको अभिन्न हिस्सा बनिसकेको छ । वास्तवमै भन्ने हो भने मोवाइल विना बाँच्न नसक्ने अवस्था सिर्जना हुन लागिसकेको अवस्था भन्दा फरक नपर्ला । मोबाइल मानवजीवनमा यत्तिधेरै प्यारो हुन थाल्यो कि किचनदेखि ट्वाइलेटसम्म लिएर जानुका साथसाथै राति सुत्नुअघिसम्म मोबाइल स्क्रिनमै हराउने र बिहान उठ्नासाथै पनि फोन चलाउन थाल्छौं ।
तर यो बानी हाम्रो स्वस्थ्यको दृष्टिकोणले कति सहि या गलत छ त ?
पछिल्लो समय बेलायतमा करिब दुई हजार व्यक्तिमा गरिएको एक अध्ययनबाट बिहान उठ्नेबितिकै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ । बिहानदेखि तनावका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न गाह्रो हुने समेत देखिएको छ ।
विज्ञहरुका अनुसार, उठ्नेबित्तिकै फेसबुक, इन्स्टाग्रामलगायतका विभिन्न सामाजिक संजालमा रहेको नोटिफिकेशन हेर्दा मस्तिष्कले त्यही विषयको बारेमा सोच्न थाल्छ । जसकारण हाम्रो सम्पूर्ण ध्यान अरु काममा जान सक्दैन र दिनभरीको गर्नु पर्ने कामलाई असर र्पुयाउने गर्छ । बिहान उठ्नासाथ केही कुराको बारेमा लगातार सोच्ने गर्दा मानव मस्तिष्कलाई तनाव र व्याकुलता हुन थाल्छ ।
कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा धेरै तनाव लिने गर्दा उनीहरुको रक्तचाप थप बढ्न जान्छ । यति मात्र नभएर शरीरमा विभिन्न स्वास्थ्य समस्याको सामना समेत गर्नुपर्ने हुन सक्छ ।












समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु