
नारीकोसिस डटकम/असोज १३, काठमाडौं । एक्काइस वर्षीय सुमन केसीको चार वर्षअघि मनमोहन कार्डियोथेरासिस, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हृदयाघात भएपछि शल्यक्रिया भयो । उनलाई हृदयाघात के हो भन्ने थाहै थिएन ।
अहिले सुमन निरन्तर चिकित्सकको निगरानीमा हुनुहुन्छ । डा. भगवान् कोइराला नेतृत्वको टोलीले केसीको शल्यक्रिया गरेको थियो ।
यस्तै सिन्धुपाल्चोकका २६ वर्षीय विजय पौडेलको पनि दुई वर्षपहिले हृदयाघातका कारण शल्यक्रिया गर्नु परेको थियो । उनी पनि समयसमयमा चिकित्सकको फलोअपमा छन् ।
युवापुस्तामै मुटुसम्बन्धी रोगले सताएका यी दुई प्रतिनिधि पात्र मात्र हुन् । धेरै युवा हिजोआज मुटुसम्बन्धी रोगका कारण पीडित हुने गरेका छन् ।
मुख्यतया २० देखि ४० वर्ष उमेर समूहका युवापुस्तालाई मुटुरोगले आक्रान्त पारिरहेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले अव्यवस्थित जीवनशैलीका कारण युवापुस्ता मुटुरोगको चपेटामा परेको बताए । डा। अनिलको नेतृत्वमा केही वर्ष पहिले स्वास्थ्य मन्त्रालय र हार्ट क्लिनिकले संयुक्त रूपमा गरेको सर्वेक्षणमा समेत २५ प्रतिशत युवामा कुनै न कुनै किसिमको मुटुसम्बन्धी रोग रहेको पाइएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु