
हामीले खाएको खानाले मात्र शरीर स्वस्थ रहँदैन । यो पनि ध्यान राख्न आवश्यक हुन्छ कि खान खाईसकेपछी हामी के गर्छौँ । खानाको पुरा फाइदा हामीलाई तब मिल्छ जब डाइजेशन सहि तरीकाले भैरहेको हुनेछ र खानाको सम्पूर्ण न्यूट्रीएन्ट्सलाई हाम्रो शरीरले प्राप्त गर्छ ।
तर हामी केही यस्ता गल्तीहरू गर्ने गर्छौँ, जसको कारणले हाम्रो शरीरमा नकारात्मक असर पर्छ । यी गल्तीहरू मध्य एक यस्तो गल्ती छ, जसलाई दिनहुँ गर्नाले क्यान्सरको खतरा दुईगुणा बढ्छ । यसकारण चिकित्सकका अनुसार खाना खाईसकेपछी तुरुन्त गर्न नहुने कामलाई यहाँ चर्चा गरिएको छ ।
धुम्रपान गर्नाले
खाना खाईसकेपछी तुरुन्त स्मोकिंग गर्नाले क्यान्सर र मुटु रोगको खतरा दुई गुणा बढ्छ ।
चिया पिउनु
खाना खाईसकेपछी तुरुन्त चिया पिउँदा चियाको पातमा पाईने एसिडिटी प्रोपर्टी एसिडिटीको समस्या बढाउन सक्छ । खाना खाएको १ घण्टा पछी चिया वा कफी पिउन सकिन्छ ।
ब्रश गर्नु
खाना खाईसकेपछी तुरुन्त ब्रश गर्नाले दाँतको इनेमल (माथिल्लो तह) निस्कन्छ । यसले दाँतमा ब्याक्टेरिया लाग्ने खतरा बढ्छ । यसकारण आधा घण्टा पछी ब्रश गर्न सकिन्छ ।
नुहाउनु
खाना खाईसकेपछी आधा घण्टाको भित्र नुहाउँदा डाइजेशन ढिलो हुन्छ । खाना पूर्ण रूपमा डाइजेस्ट नहुनुको कारणले एसिडिटी र कब्जियतको समस्या हुनसक्छ ।
फलफूल खानु
खाना खाईसकेपछी एक घण्टा भित्र फलफूल खाँदा एसिडिटी र इनडाइजेशन हुनसक्छ । यसो गर्नाले ओभरइटिंग हुनसक्छ, जसले मोटोपन पनि बढ्न सक्छ ।












समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु