
नारीकोसिस डटकम । सफल जीवन जीउने चाहाना सबैको हुन्छ। जसको लागि संघर्ष गर्नुपनेहुन्छ । मानव जीवनमा उतारचढाव भईरहनु वा आईरहनु स्वभाविक हो । त्यो उतारचढावहरुलाई सामाना गर्दै सहि मार्ग अंगाल्ने हो भने असम्भव भन्ने कुरा केहि पनि छैन ।
सफल जीवनको लागि मानसिक रुपमा पनि स्वस्थ हुनुपर्छ । जसले यस्ता उतारचढावलाई सजिलैसँग सामना गर्न सकिन्छ ।
हाम्रो दिमाग वा मानस्थितिलाई स्वस्थ राख्नका लागि सामान्य अस्वस्थ व्यवहारलाई हटाउन जरुरी छ ।
जसको लागि निम्न केही महत्वपूर्ण टिप्सहरु तपाईका लागि सहयागी बन्न सक्नेछः
कडा परिश्रम: सफलता पाउनको लागि कडा परिश्रम गर्नुस् अवश्य सफलताको भागीदार हुनेछन् र त्यो जस्तो आनन्दको पल कुनैपनि हुनै सक्दैन । आजको जतिपनि सफल व्यक्तिहरु छन् ति सबै कडा मिहेनतकै कारण हो ।
गल्ती स्वीकारगर्नेः गल्ति जो कोहीबाट हुन्छ र गल्तिबाटानै सिक्दै जाने हो । तर जानीजानी चै गर्नु हुदैन । नजानेर हुने गल्तीलाई स्वीकार गरि सच्याउनु पर्छ ।
तनाव नलिनेः हामी सामाजिक प्राणि हौ त्यसैले हामीमा तनाव त हुन्छ नै तर त्यो तनावलाई लिई रहनु हुदैन । एकचोटी भएको गल्तीलाई बारम्बार सम्झदा तनाव हुन्छ र दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउनेमा प्रतिबद्ध भएर पुराना गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।
परिवर्तनसँग लड्नेः परिवर्तनसँग लड्नु जरुरि छ । जे छ त्यसमै रमाउन वातावरण सिर्जना गर्नु हुदैन । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन । परिस्थितिको परिबर्तनलाई अवसरको रुपमा लियामा मात्र सफलताको माथिल्लो सिँढीमा पुगन सकिन्छ । मान्छेको दिमाग परिवर्तनलाई सदा स्वागत गर्छ ।
एक्लोपन महसुस नगर्नेः हामी सधै अधिकांश समय साथीसँग कटाउन रुचाउँछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । जसले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हुँदै जान्छ । गहन कुरा सोच्न खोज्दा समेत एकाग्र हुन सकिदैन । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ ।
अर्काको सफलतामा रमाउनेः अर्काको सफलता सामूहिक रोग हो, अर्काको प्रगतिमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततः दिमाग नै त्यही रुपमा बदलिन्छ । नकारात्मक कुरालाई महत्व दिने ग्रन्थी दिमागबाट चाँडो निस्किन थाल्छन् । अन्तमा गएर आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि दिमाग चल्छ । आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिंदा कहिल्यै सफलता हाँसिल गर्न सकिँदैन ।
अरुसँग आफ्नो तुलनाः हाम्रो तुलना अर्को कोहीसँग गर्नुहुँदैन । हाम्रो जन्मिने वातावरण, समय र अवस्था नै फरक भएपछि कुनै कुरामा समानता हुने सम्भावनै हुँदैन । आफूलाई अरुसँग दाँज्ने बानीले कहिल्यै बुद्धिको विकास हुन दिँदैन । आफू अरुभन्दा फरक हो र हुनुपर्छ भन्ने सोचाइले अन्ततः फरक बनाएरै छाड्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो