बैंकबाट रकम चोरीमा संलग्न बैंककै तीन कर्मचारी पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बैंकबाट रकम चोरीमा संलग्न बैंककै तीन कर्मचारी पक्राउ

Share

नारीकोसिस डटकम/असोज ८, काठमाडौं । कृषि विकास बैंकको लाहान शाखाबाट मंगलबार सिस्टम ह्याक गरी एक करोड ५६ लाख रुपैयाँ चोरी भएको घटनामा बैंककै कर्मचारीको मिलेमतो रहेको रहस्य खुलेको छ ।

बैंकको सोही शाखामा कार्यरत तीन जना कर्मचारीले आफ्नो युजरनेम र पासवर्ड अनाधिकृत व्यक्तिलाई दिई सो शाखाका सात जना ग्राहकको खाताबाट रकम ट्रान्सफर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया