
सगरमाथा आरोही पेम्बा शेर्पाले विश्वका चर्चित फुटबलर मेस्सीको तस्वीर सगरमाथाको शिखरमा पुर्याएका छन् ।
मिर्गौला प्रत्यारोपण गराएका ३८ वर्षीय शेर्पा २०८२ वैशाख ३० गते सगरमाथा चढ्न सफल भएका थिए । उनी मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोण गर्ने पहिलो व्यक्ति समेत रहेका छन् ।
सोही समय उनले विश्वका सर्वोत्कृष्ट फुटबल खेलाडी मेस्सीको तस्वीर विश्वको सर्वोच्च शिखरमा पुर्याएका थिए । विश्वकप २०२६ नजिकै आइरहेको र मेस्सी पनि सो प्रतियोगिता खेल्ने तयारीमा रहेका बेला तस्वीर सार्वजनिक गरिएको शेर्पाले बताए । सगरमाथामा मेसीको तस्बिर पुर्याउने आफू पहिलो व्यक्ति भएको दावी उनको छ ।
उनको जादुमयी खेल र शालीन व्यक्तित्वले किशोर अवस्थादेखि नै आफ्नो ध्यान तानेको उनले सुनाए ।
उपाधिनजिकै पुगेर कयौं पटक हार खाँदा पनि धैर्य गरी अघि बढ्ने मेस्सीको साहसबाट आफूले समेत जीवनमा धेरै प्रेरणा लिएको शेर्पा बताउँछन् । ‘दुवै मिर्गौला फेल भएर डायलासिसको भरमा बाँचिरहँदा मैले पनि पटक–पटक जीवनदेखि हरेश खाएँ’ शेर्पा भन्छन्, ‘तर मिर्गौला प्रत्यारोपणपछि दोस्रो जीवन पाएँ र स्वस्थ भएर सगरमाथा चुचुरोसम्म पुग्न सफल भएँ ।’
२०२२ को कतार विश्वकपमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले उपाधि जित्दा शेर्पाले मिर्गौला प्रत्यारोपण गराएको करिब २ महिना भएको थियो।
यो पनि पढ्नुहोस
जापानबाट फर्किएकै दिन भत्कियो सपना, मृत्यु जितेर सर्वोच्च शिखरमा
मेस्सी खुसीले हाँसेको र रोएको दृश्य उनले टिभीमार्फत हेर । कयौं असफलतापछि हात लागेको मेस्सीको जीवनकै सबैभन्दा ठूलो सफलता थियो त्यो । ती दृश्यहरू हेरिरहँदा शेर्पाका आँखाबाट हर्षका आँसु बगे ।
त्यही कुराले पनि आफूलाई हिमाल चढ्ने प्रेरणा मिलेको उनको भनाइ छ । ‘मैले सोचें– वर्षौंसम्म धैर्यता गरेर मेसीले विश्वकप जित्न सक्छन् भने, मैले किन हिमाल चढ्न नसक्ने ?’ शेर्पा भन्छन्, ‘त्यो हौसलासहित शरीरमा बुबाले दिएको मिर्गौला र हातमा मेस्सीको फोटो भएको ब्यानर बोकेर सगरमाथाको चुचुरोमा पुगें ।’
मेस्सीले विश्वकप ट्रफी चुम्दै गरेको तस्वीर उनले सगरमाथाको शिखरमा पुर्याएका थिए ।
मेस्सीलाई भेटेरै सगरमाथामा पुर्याएको उक्त ब्यानर उपहार दिने इच्छा रहेको शेर्पाले सुनाए । ‘मेरो एउटा चाहना छ, मेसीलाई प्रत्यक्ष भेटेर, आउँदो जन्मदिनको अवसरमा यो ऐतिहासिक ब्यानर उपहार स्वरूप हातमा सुम्पिने सोचमा छु’ शेर्पाले भने ।
सोलुखुम्बुको दूधकोशी गाउँपालिका स्थायी घर भएका शेर्पाको २०७६ सालमा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । २०७९ कार्तिक २ गते भक्तपुरस्थित शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
त्यसको साढे २ वर्षपछि उनी सगरमाथा आरोहण गर्न सफल भए ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु