
फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफटाइम शो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरू शाकिरा, म्याडोना र केपप समूह बीटीएसले मुख्य प्रस्तुति दिने भएका छन् ।
आगामी जुन १२ देखि सुरु हुने फिफा विश्वकप फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ ।
कार्यक्रमको क्युरेटर कोल्डप्लेका क्रिस मार्टिन हुनेछन् भने यो शो ग्लोबल सिटिजेन नामक गैर–नाफामूलक संस्थाले उत्पादन गर्नेछ । यसको उद्देश्य ‘फिफा ग्लोबल सिटिजेन एजुकेसन फन्ड’ मार्फत शिक्षा र फुटबल पहुँच बढाउनु रहेको बताइएको छ ।
फिफाका अनुसार, यो कोषले विश्वभरका बालबालिकाका लागि शिक्षा र फुटबल पहुँच विस्तार गर्न १०० मिलियन अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ । साथै, २०२६ विश्वकपका प्रत्येक टिकटबाट १ डलर सोही कोषमा जानेछ ।
फिफा विश्वकप २०२६ को आधिकारिक गीत पनि शाकिराकै आवाजमा सार्वजनिक भइसकेको छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो