
नारी कोसिस डटकम मंसिर–१५, काठमाडौं। सिर्जनशील महिला समाजद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्वर पाँच जोरपाटी नयाँवस्ती टाईमलाईन स्कुलमा “सिर्जनशिल महिला समाज”कोआफ्नो पाँचौ वार्षिक उत्सवको सु–अवसर पारी आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको हो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्वर पाँचका वडा अध्यक्ष नारायण बहादुर सुवेदीले रगतको अभाव भईरहेको वेला सिर्जनशील महिला समाजले “रक्तदान जीवनदान” भन्ने नारालाई मध्यनजर गर्दै गरिएको यस रक्तदान कार्यक्रम एकदम सरानिय काम गरेको भन्दै प्रशंसा गरे । साथै वडा अध्यक्ष सुवेदीले सिर्जनशिल महिला समाजलाई विगतको दिनहरुमा साथ सहयोग गर्दै आईरहेको र आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्य गर्नको लागि शुभकामना व्यक्त गदै र वडाबाट गर्न सकिने सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभएको छ ।
विगत दिनमा यस संस्थाले महिला हिंसाविरुद्ध, जेष्ठ नागरिक सम्मान, दुव्र्यसन विरुद्ध अभियान, महिला क्षमता अभिबृद्धि, सरसफाई कार्यक्रम तथा वर्षेनी रक्तदान कार्यक्रम लगायत सामाजिक कार्यहरु गर्दै आईरहेको जानकारी गराउदै अहिले देशव्यपीरुपमा रगतको अभाव भईरहेको अवस्थामा आफ्नो संस्थाको तर्फबाट केही सहयोग पुगोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष ललिता रिजाल उप्रेतीले बताउनुभयो ।
वडा अध्यक्ष सुवेदी तथा संस्थाकी अध्यक्ष रिजाल उप्रेतीले संयुक्त रुपमा रक्तदान गर्ने व्यक्तिहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो भने स्थानीयवासी तथा विभिन्न व्यक्तित्वहरुले हौसलापूर्वक उक्त रक्तदान कार्यक्रममा सहभागीता जनाएका थिए ।
भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् :













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो