प्रेरक भनाईहरु…….. जसले तपाईको जीवनमा छुट्टै किसिमको थप उर्जा दिनेछ……

नारीकोसिस डटकम ।
१. रिस को उल्टो सरी पनि हुन्छ । कहिले कांही उल्टो बोल्दा नि फाइदा हुन्छ ।
२. मेरो एउटा पनि शत्रु छैन, शत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. .उसलाई साथी बनाएर ।
३. शहर र गाउँमा दुई फरक छन । शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा(टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन । शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन, गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।
४. मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छ कि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
५. दुनियामा एउटा पनि समस्या नभएको मान्छे को होला रु एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।
६. क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई एउटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि एउटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्सियोस ।
७. कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य, तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन, यो यौटा कला हो ।
८. मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैन कि समून्द्र कहाँ पर्छू ?
९. नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन । मृत्यु त तब हुन्छ जब पौडिन आउदैन १ परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या त तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन,
१०. परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।
तपाईको प्रतिक्रिया