
नारी कोसिस डट कम, पौष २० काठमाण्डौ /उपत्यका नगरपालिका फोरमको विस्तारित बैठक गोकर्ण फरेस्ट रिसोर्ट गोकर्णमा सम्पन्न भएको छ। सो बैठकमा पुर्व प्रधानमन्त्री एंव प्रतिनिधि सभा सांसद माधव कुमार नेपाल प्रमुख अतिथि रहेका थिए भने प्रदेस नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल विशेष अतिथि रहेका थिए । त्यसैगरी सभा सदस्य रामेश्वर फुयाल र दिपक निरौला अतिथिका रुपमा रहेका थिए ।
उपत्यकाका नगरपालिकाको फोहोर मैला व्यवस्थापन ,खरिद ऐन संसोधन ,स्थानीय सरकारको संबिधान प्रदत्त अधिकार ,सडक संजाल र सर सफाई ,अन्तर नगर साझेदारी लगायतका विषयमा साझा धारणा तय गर्न बसेको बैठकमा नगर प्रमुख तथा उप प्रमुखहरुले आफ्नो योजना र धारणा राखेका थिए ।
काठमाडौं महानगरपालिमाकाका प्रमुख बिद्या सुन्दर शाक्यको अध्यक्षताभएको सो बिस्तारित उक्त बैठकमा काठमाडौं महानगरपालिका ,किर्तिपुर महानगरपालिका , किर्तिपुर नगरपालिका ,बुढानिलकण्ठ नगरपालिका ,कागेश्वरी मनोहरा नगरपालिका ,गोकर्णेश्वर नगरपालिका ,शंखरापुर नगरपालिका ,टोखा नगरपालिका ,चन्द्रागिरी नगरपालिका ,तारकेश्वर नगरपालिका ,मध्यपुर थिमी नगरपालिका लगायतले जनाएका थिए ।
बैठकमा प्रस्तुत भएका विषय माथि गम्भीर छलफल भएको थियो भने उपत्यकामा बन्ने महत्वपूर्ण संरचनामा नगरपालिकाहरुको सामुहिक सहभगिताको सम्भावनाका वारेमा पनि बहस भएको थियो।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु