
नारी कोसिस डटकम । अहिले जाडोयाम चालु छ । जाडो बढेसँगै अत्याधिक चिसोका कारण कतिपय ठाउँमा जनजीवन प्रभावित भइरहेको छ । जाडो वा चिसोबाट बच्नका लागि भनेर ब्लोअर वा हिटर प्रयोग गरिन्छ । तर, यी सामान उपयोग जानिएन भने स्वास्थ्यमा असर पर्ने मात्र नभएर दुर्घटनासमेत हुन सक्ने भएकाले हिटर प्रयोग गर्दा विशेष ध्यान दिन आवश्यक छ ।
हिटरबाट उत्पन्न हुने कार्बन मोनोक्साइड ग्यास स्वास्थ्यका लगि हानिकार हुने भएकोले कोठा बन्द गरेर हिटर बाल्नु हुँदैन ।
हिटरलाई वेलावेलामा बन्द गरी प्रयोग गर्नुपर्छ । र, प्रयोग नभएको समयमा झनै यसलाई सधैँ बन्द गर्न आवश्यक छ । राति सुत्ने वेला पूर्ण रूपमा हिटर बन्द गर्नुपर्छ ।
हिटरको तापक्रमले छाला सुक्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखा पर्छन् । त्यसैले नजिकै बसेर हिटर ताप्नु हुँदैन ।
बालबालिकाको नजिक वा बाटोमा हिटर कहिल्यै राख्नु हुँदैन ।
मुटु, श्वासप्रश्वासजस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नु हुँदैन ।
मनतातो पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित
हुन्छ । यसले छाला सुक्खा हुने समस्याबाट बचाउँछ ।
आगोले टिप्ने वस्तु हिटरअगाडि वा नजिक राख्नु हुँदैन ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु