
नारी कोसिस डटकम/प्रेम गर्न, दर्साउन कुनै विशेष मौका, अवसर पर्खिनु पर्दैन । अहिलेको समय सन्दर्भमा हेर्दा प्रेमभित्र लुकाएर गर्दैन । प्राय जसो खुल्ला रुपमा गरिरहेका हुन्छन् । आफ्नो घर परिवार, साथीभाई, नाता गोताहरुलाई पनि प्रेमका कुराहरु सुनाइरहेका हुन्छौ, यस्ता केही विशेष अवसर हुन्छन् जहाँ प्रेमबारे राम्रै चर्चा हुने गर्छ । हरेक वर्ष फेब्रअरी १४ तारिखमा पर्ने भ्यालेन्टाइन डे आउन अब केहि दिन मात्रा बाँकी छ तर यसअघि पनि विभिन्न ‘डे’ मनाइन्छन् । गुलाबका रङहरु अनुसार त्यसको अर्थ, प्रतिक पनि फरक – फरक हुन्छन् ।
रातो गुलाब : प्रेम, शान्ति र क्षमताको प्रतिक
भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो गुलाबको आदान–प्रदान हुन्छ । यसलाई प्रेमको प्रतिकको रुपमा हेरिन्छ । रातो गुलाब प्रेम र मनोभावनाको प्रतिक पनि हो ।
गुलाफी गुलाब : मित्रता र मुटुको धड्कनको प्रतिक
यदि कसैले तपाईंलाई भ्यालेन्टाइन डेमा गुलाफी गुलाब दियो भने तपाईंले बुझ्नुहोस् कि ती व्यक्तिले तपाईंलाई ‘मेरो मुटुको धड्कन तिम्रो लागि बाँचिरहेको छ’ भनिरहेका छन् । गुलाबी रङको गुलाबले सुन्दरता जनाउँछ र हल्का गुलाफी रङको गुलाबको अर्थ भने सहानुभुती र गाढा गुलाफी रङलाई भने कृतज्ञतासँग जोड्ने गरिएको छ ।
पहेँलो गुलाब : मित्रता
पहेँलो गुलाब मित्रताको प्रतिक हो । भ्यालेन्टाइन डेको दिनमा खासै आदानप्रदान नुहुने यो रङको गुलाब फ्रेन्डशिप डेमा भने जमेर प्रयोग गरिन्छ ।
सेतो गुलाब : साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक
सेतो गुलाब साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हो । कसैले चोखो मनले माया गरेको छ भने सेतो गुलाब उपहारको रुपमा रोज्छन् । सेतो रङको गुलावको अर्थ भने शुद्धता सरलता र शान्तिसँग जोडिन्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो