
ओजी म्यानडिनो प्रसिद्ध अमेरिकी लेखक हुन् । उनले लेखेको The Greatest salesman in the world पुस्तक विविश्वका सबै भन्दा बढी बिक्रि भएका पुस्तक मध्ये पर्छ । उनको जन्म सन् १९२३ डिसेम्बर १२ मा भएको थियो भने सन् १९९६ सेप्टेम्बर ३ मा उनको निधन भएको थियो ।
-जे गर्छौ, सक्नेजति राम्रो गर । किनकि तिमीले अहिले जे रोप्छौं, पछि त्यहि फल्छ ।
-यदि दृढ इच्छाशक्ति छ भने सफलताको बाटोमा असफलताले ओभरटेक गर्न सक्दैन ।
-पहिले हामीले बानीहरु बनाउंछौ । त्यसपछि बानीहरुले हामीलाई बचाउन थाल्छन् ।
-मूर्खहरुको पात्रोमा मात्र भोली भन्ने दिन भेटिन्छ ।
-पैसा तिम्रो मुख्य लक्ष्य हुनु हुदैंन । तिम्रो सम्पत्ति भनेको पर्समा के छ त्यो होइन, तिम्रो मनमा के छ त्यो हो ।
-मैले अजाको दिन खेर फाल्नु भनेको मैले मेरो जीवनको अन्तिम पाना बर्बाद गर्नु हो ।
-जानिन या असफल भए भनेर कहिले पनि लाज नमान । गल्ती नगर्ने र असफल नभएको व्यक्तिले कहिले केही गरेको हुदैंन ।
– जति असफलताको संख्या बड्दै जान्छ, तिमी त्यति सफलतातर्फ बढिरहेका हुन्छौ ।
-सफलताको लागि अवरोध आवश्यक छ, किनकि विजय हासिल गर्नको लागि विपक्ष र लडाई आवश्यक हुन्छ ।
-तिम्रो जीवनका सिमितताहरु भनेका केही होइनन्, ती कुराहरु केवल तिम्रो दिमागमा बसेका कुराहरु मात्र हुन् ।
-मलाई उज्यालो मनपर्छ, किनकि उज्यालोले गर्दा मैले आफ्नो बाटो भेट्न सक्छु । तर मलाई रात पनि प्रिय लाग्छ, किनकि रातकै कारणले मैले ताराहरु देख्न सकिन्छ ।
-म एउटा मात्र छु । जुन कुरा एउटा मात्र हुन्छ, त्यसको महत्व बढी हुन्छ । त्यसैले म महत्वपूर्ण छ ।
-ढिलो हुनु र धेरै ढिलो हुनुमा धेरै ठूलो मित्रता हुन्छ ।
-यसरि काम गर कि, तिमी कहिल्यै मर्ने नै छैनौं । यसरी बांच कि तिमी आजै मर्दैछौं ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो