
चैत ३,दोलखा । हाम्रो रेडियो वर्ष व्यक्ति बिशेष सम्मानबाट बिशेष स्कूल तथा पुर्नस्थापना केन्द्र (एसएसडिआरसी) की अध्यक्ष एबम् दोलखाली चेली सविता उप्रेती सम्मानित भएकी छिन् ।हाम्रो रेडियोले शनिबार आयोजना गरेको एक औपचारीक कार्यक्रममा व्यक्ति बर्षका रुपमा सविता उप्रेतिलाई सम्मानित गरेको हो ।
दोलखाको वैतेश्वर गाउँपालिका वडा नवर ६ नाम्दु घर भई काठमाडौँमा अटिजम बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी उप्रेतीलाई हाम्रो रेडियोले १२ औँ वार्षिक उत्सवको अवसरमा वर्ष व्यक्तिको रुपमा सम्मान गरेको हो । हाम्रो रेडीयोले विशेष क्षेत्रमा योगदान पु¥याउँदै आएका व्यक्तित्वलाई प्रत्येक वर्ष विशेष सम्मान प्रदान गर्दैै आएको छ । उप्रेतीलाई २०६८ सालदेखि काठमाडौंको पेप्सिकोलामा बिशेष स्कूल तथा पुर्नस्थापना केन्द्र स्थापना गरी शारिरीक र मानसिक रुपमा कमजोर भएका अर्थात आत्मकेन्द्रित (अटिजम बालबालिका )को शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याए वापत सम्मान गरिएको हो ।
उनले अहिले सम्म ४८० भन्दा बढी अटिजम बालबालिकालाई सेवा दिईसकेकी छिन् भने हाल ४५ जना बालबालिकाले सेवा लिईरहेका छन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु