
नारीकोसिस डटकम/ चैत १०, काठमाडौं । सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । सर्वोच्च अदालतमा नेपालको इतिहासमै पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार एक कार्यक्रमका बीच रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गरे ।
सर्वोच्च अदालतका महिला कर्मचारीहरुलाई कार्यालयको कार्यसम्पादनमा सहजता ल्याउन तथा शिशुहरुको अधिकार हनन् हुन नदिने मूल उद्देश्यका साथ सो शिशु स्याहार केन्द्र स्थापना गरिएको सर्वोच्च अदालतकी शाखा अधिकृत अञ्जना सिम्खडा पुडासैनीले जानकारी दिइन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत सहयोगमा स्थापना गरिएको सो शिशु स्याहार केन्द्रमा सर्वोच्च अदालतका कर्मचारीहरुको शिशुहरुको कार्यालय समयसम्म स्याहार तथा हेरचाह गर्ने व्यवस्था गरिएको छ ।
सर्वोच्च अदालत परिसरभित्र स्थापना गरिएको सो स्याहार केन्द्रमा शिशुहरुका लागि आवश्यक खेलौना र श्रव्य दृष्य सामग्रीहरुको पनि व्यवस्था गरिएको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु