बिरामी हुँदा प्रिय मान्छेले हात समाए ‘पेनकिलर’ले बराबर काम गर्छ

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
बिरामी हुँदा प्रिय मान्छेले हात समाए ‘पेनकिलर’ले बराबर काम गर्छ

Share

एजेन्सी ।  जोकोही विरामी भएको अवस्थामा अस्पतालमा कुनै साथी वा आफूले माया गर्ने प्रिय मान्छे भेट्न आएमा बिरामीको अवस्थामा धेरै सुधार आउने गरेको पाइन्छ ।

यस पछाडिको वैज्ञानिक कारणबारे अनुसन्धानकर्ताहरुले पहिलोपटक प्रमाणसहित स्पष्ट पारेका छन् ।

उनीहरुका अनुसार मान्छे मान्छेबीच भावनात्मक स्पर्ष आदानप्रदान हुनुले विशेषगरी बिरामी भएका बेला दुखाइलाई धेरै कम गर्न सक्छ र हानिकारक इन्फ्लामेसन घटाइ घाउ छिटै निको पार्नसमेत मद्दत पुर्याउँछ ।

बेलायती तथ्याङ्कअनुसार त्यहाँका अस्पतालका ४० प्रतिशत बिरामी एक्लै हुन्छन् जसका कुनै भिजिटर आउँदैनन् । ‘रोयल भलुन्टरी सर्भिस’ ले २०० जना नर्सहरुमा गरेको सर्वेक्षणमा परिवार साथी वा प्रेमीको साथ नभएका एक्ला बिरामीहरुलाई ठीक हुन समय लाग्ने गरेकाले नै तिनीहरुले लामो समय अस्पतालमा बिताउनुपर्ने पत्ता लगाएको हो ।

अस्पतालमा भेट्न जानेहरुले बिरामीमा कसरी यस्तो प्रभाव पार्छन् भन्नेबारे गरिएको अध्ययनमा पहिले त बिरामीहरु असहजताका कारण बढी पीडामा हुने गरेको पाइएको थियो । यस्तोमा इजरायलको युनिभर्सिटी अफ हइफाले गरेको अध्ययनपछि वैज्ञानिकहरुले प्रिय मान्छेले बिरामीको हात छुँदा मात्र पनि दुखाइ आधा कम हुन सक्ने पत्ता लगाएका हुन् ।

‘जर्नल अफ पेन’ मा प्रकाशित यस अध्ययनपछि उनीहरुले सद्भावपूर्ण छुवाइ जस्तै हात समात्ने गर्नुले बिरामीमा पेन किलरसमान काम गर्ने गरेको निस्कर्ष निकालेका छन् । यसका लागि युनिभर्सिटी अफ कोलोराडो बोउल्डरका अर्का अनुसन्धानकर्ताहरुले बिरामीलाई कसरी छुँदा शरीरमा कुन किसिमले बदलाव आउँछ भन्ने सम्बन्धी थप जानकारी हासिल गर्ने प्रयास गरेका हुन् ।

तपाईको प्रतिक्रिया