
नारीकोसिस डटकम । कागेश्वरी–मनोहरा नगरपालिका प्रदेश नं. तीन अन्तर्गत पर्ने काठमाडौं जिल्लामा अवस्थित एक प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरपालिका हो । यस नगरपालिकाको नामांकन साविक गागलफेदी गा।वि।स। हालको वडा नं १ मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेवको मन्दिर र मनोहरा नदीको नामले कागेश्वरी मनोहरा रहन गएको हो । कागेश्वरी मनोहरा नगरपालिका साविकका गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गाविसहरू मिलेर बनेको हो । जसमा नौ वटा वडा रहेको छ । नौ वटा वडा मध्ये जनसंख्याको चाप र विकासको दृष्टिकोणले वडा नम्वर नौ अगाडि रहेको छ ।
जातजातिका हिसाबले ब्रामण, क्षेत्री, नेवार, तामाङ, मगर, गुरुङ, राई, शेर्पा, थारु, मूसलमान र दलित समुदाय आदिको बसोबास रहेको पाइन्छ ।
विविध धार्मिक, सांस्कृतिक, प्राकृतिक स्रोतहरुको पहिचान बोकेको यस नगरपालिकाको पूर्वमा शँखरापुर नगरपालिका र भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, पश्चिममा काठमाडौं महानगरपलिका र गोकर्णेश्वर नगरपालिका, उत्तरमा शँखरपुर नगरपलिका, पश्चिममा काठमाडौं महानगरपलिका र गोकर्णेश्वर नगरपालिका पर्दछ भने दक्षिणमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाको बीचमा उत्तर दक्षिण भई फैलिएको छ । क्षेत्रफलको हिसाबले २७ दशमलव ३८ वर्ग किलोमिटर फैलिएको नगरपालिकाको हावापानी समशितोष्ण प्रकारको छ । भौगोलिक हिसाबले यो समथल जमिनदेखि शिवपुरी लेकसम्म अवस्थित रहेको छ ।
यस नगरपालिकामा १६ वटा सामुदायिक र १४ वटा संस्थागत गरी जम्मा ३८ वटा विद्यालय रहेको छ । स्वास्थ्य तर्फ ५ वटा स्वास्थ्य चौकी, १ स्वास्थ्य केन्द्र, आयुर्वेदिक चिकित्सालय, १ शहरी स्वास्थ्य केन्द्र, २ वर्थिक सेन्टर र १ कम्युनिटि हेल्थ सेन्टर रहेका छन् ।
मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुमा कागेश्वरी महादेव मन्दिर, नवतनधाम, चम्पक विनायक, मन्दिर काष्ठमण्डप, भैरव मन्दिर, कोल्मतेश्वर, थली बालकुमारी मन्दिर साथै अन्य देवी–देवता गुम्बाहरु जस्ता स्थलहरु रहेका छन् । भविष्यमा कागेश्वरी महादेव मन्दिर भएका कारण महत्वपूर्ण धार्मिक तिर्थस्थल हुने संभावना देखिन्छ ।
यस नगरपालिका उपत्यकाको अत्यन्तै उर्वर कृषि क्षेत्र भएको मानिन्छ । यहाँ आलु, गोलभेडा‚ मौसमी तथा बेमौसमी तरकारी धान, गहुँ पर्याप्त मात्रामा उत्पादन हुन्छ ।
यहाँको महत्वपूर्ण कृषि उत्पादनमा धान, गहुँ, मौसमी तथा बेमौसमी तरकारी र गोलभेडा खेती इत्यादी उत्पादनलाई बढाई आधुनिक कृषि क्षेत्रको रुपमा व्यवसायिकरण गरेमा स्थानीय जनताको जीवनस्तर थप सुधार हुने संभावना रहेको छ ।
यस नगरपालिका भित्र बग्ने मूख्य नदीमा बागमती र मनोहरा भएता पनि यी नदीका अलवा अन्य सहायक नदीहरुमा काभ्रे खोला, झरुवा खोला, ढकाल खोला, कागेश्वरी खोला, घट्टे खोला, महादेव खोला लगायत अन्य नियमित पानी बग्ने खोला खोल्सीहरु पर्दछन् ।
वि.सं.२०६८ सालको जनगणना अनुसार जम्मा जनसंख्या ६० हजार २ सय ४७ रहेको यस नगरपालिकामा २ वटा सेवा केन्द्र संचालनमा रहेका छन् । जसमा खानेपानी तर्फ डाँछी भद्रवास खानेपानी तथा सरसफाई आयोजनामा र भैभाल गाढेश्वर खानेपानी आयोजनासंचालनमा रहेका हुन् । त्यसैगरी आलापोट र गागलफेदी बस्तीमा खानेपानी योजनाहरु संचालन क्रममा रहेका काँडाघारी खानेपानी आयोजनामा बोरिङग र सानो थली खानेपानी संचालनमा आउने योजना रहेका हुन् ।
यस नगरपालिकाको सबै वडामा घर धुरी विद्युत सेवा पुगेको छ भने टेलिफोन सेवा तर्फ ९५ प्रतिशत भन्दा बढी जनताको पहुँच पुगेको तथ्याङ्कले देखाउछ ।
प्रमुख सडकको रुपमा नगरभित्र जोरपाटी साँखु, सडक, पेरिस ब्रम्हखेल सडक, कागेश्वरी चक्रपथ पर्दछन् । आन्तरीक सडक निर्माणमा र वितारक क्रममा रहेकाले यातायातको संजालले यसलाई निकट भविष्यमै जोड्ने देखिन्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो