
नारीकोसिस डटकम/चैत २८, काठमाडौं । काठमाडौंका सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि अब कारवाही हुने भएको छ । पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति बढेपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो ।
ऐनको दफा १२मा उल्लेखित चालकको कर्तब्यहरु मध्ये बुँदा ‘घ’मा जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता नदिने चालक माथि कारवाहीको व्यवस्था गरिएको छ । यो कसुरमा चालक माथि पहिलो पटक दुईसय र दोस्रो पटक पाँचसय रुपैयाँ सम्मको जरिवाना हुने ऐनमा उल्लेख छ ।
त्यस्तै सवारी साधनमा अश्लिल फोटो टाँस्ने अश्लिल गीत बजाउने, जथाभावी पार्किङ गर्ने, मदिरा जन्य र सूर्तिजन्य पदार्थ सेवन गरी सवारी चलाउने, यौनजन्य दुब्र्यवहार गर्ने र कानूनले निषेध गरेका अन्य क्रियाकलाप गर्ने निर्धारित रुटमा सवारी साधन चलाउन इन्कार गर्ने चालकमाथि सोही जरिवाना हुनेछ ।
यो ऐन काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको हकमा लागू गर्न लागेको हो । प्रमाणीकरण भई एक महिनाभित्र ऐन कार्यान्वयनमा आउने महानगरपालिकाले जनाएको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु