
नारीकोसिस डटकम/जेठ ६, काठमाडौं । सार्वजानिक यातायातमा महिलाहरुमाथि हिंसा हुन नदिनका लागि प्रहरीले आगामी दिनहरुमा थप विशेष टोली परिचालन गर्ने भएको छ ।
गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्ने २४३ लाई विशेष टोलीले पक्राउ गरेको थियो।
काव्य विद्यालय, प्रहरी समन्वय समिति, महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वर तथा बानेश्वर सामुदायिक प्रहरी सेवा केन्द्रद्धारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा रानीपोखरी महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सो स्थानमा अगामी दिन थप प्रहरी परिचालन गरिने जानकारी दिए ।
पछिल्लो समयमा साइबर अपराधमा किशोरकिशोरी र युवायुवतीको बढी संलग्नता देखिएको उल्लेख गर्दै उनले कम उमेरका आफ्ना छोराछोरीलाई सामाजिक सञ्जालबाट टाढा राख्न अभिभावकलाई सुझाव दिए।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु