
सामान्यतया: स्कुलमा विद्यार्थीले गल्ती गर्दा, शिक्षक तथा अभिभावकले भनेको नमान्दा, अनुशासनको उल्लङ्घन गर्दा गाली गर्ने, अंक कम गरिदिने, पिट्ने, केही दिनको लागि स्कुलबाट निस्कासित गर्ने सजाय दिइन्छ । तर अमेरिकाको बाल्टिमोर स्थित एक प्राथमिक स्कुलले भने सजायलाई मेडिटेसनले विस्थापित गरेको छ ।
रोबर्ट डब्लु कोलम्यान स्कुलले विद्यार्थीलाई सजाय दिने ठाउँमा मेडिटेसन गर्न थालिएको हो । उक्त स्कुलले फेब्रुअरी २०१६ देखि होलिस्टिक लाइफ फाउनडेसनसँगको सहकार्यमा मेडिटेसन सुरु गरेको हो ।
सुरुका दिनमा स्कुलले यो निर्णय लिँदा यसलाई ठूलो जोखिमको रुपमा लिइएको थियो । यसले विद्यार्थीहरुमा आशा गरे अनुरुपको नतिजा देखिन्छ या देखिदैन भन्ने अनिश्चितता थियो । तर अहिले विद्यार्थीमा आएको परिवर्तनले सबैलाई चकित बनाइदिएको छ ।
मेडिटेसनले गर्दा विद्यार्थीहरु आवेगमा आउन छाडेका छन् । उनीहरु पहिले भन्दा अनुशासित बनेका छन् । साथै परिक्षामा समेत उनीहरुको नतिजा राम्रो हुन थालेको छ । परिक्षामा सहभागी हुदाँ मन आतलियो भने उनीहरु आफै एक मिनेट आँखा बन्द गरेर लामो सास लिने छोड्ने काम थाल्छन् । जसले गर्दा उनीहरुको मन शान्त रहन्छ, डर कम हुन्छ र एकाग्रता बड्छ । विद्यार्थीहरु आफैले आफूमा परिवर्तन आएको बताउँछन् । यसले दिर्घकालिन रुपमा विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत सहयोग पुग्ने देखिएको छ ।
विद्यार्थी मात्र नभएर ती विद्यार्थीका अभिभावकले समेत आफूमा, परिवारमा परिवर्तन आएको महसुस गर्न थालेका छन् । जसले गर्दा घरको माहोलमै परिवर्तन आउन थालेको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु