
एक नयाँ अध्यय्नले दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने बताएको छ ।
कुनैपनि कार्यक्षेत्रमा दैनिक दुई घण्टा उभिनाले मधुमेह, मोटोपना, मानसिक रोग, तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा फिट रहने अध्ययनले देखाएको छ ।
कार्यालयसमा लामो समयसम्म लगातार कुर्चीमा बसेर काम गर्नेहरुमा स्वास्थ्य समस्या आउने बताइएको छ । अध्ययनले कम्तीमा पनि दुई घण्टा र यो समय विस्तारै बढाएर ३ देखी ४ घण्टासम्म पुरयाउनुपर्ने सुझाव दिएको छ ।
उभिने कार्यलाई सघाउने गरी कार्यलयको बनावट मिलाउनुपर्ने अध्ययनले सुझाव दिएको छ । अध्ययन अनुसार कार्यालयको कुल समयभर करीब ७० देखी ८० प्रतिशत मानिसहरु बसी बसी काम गर्ने वा बसेर वित्ने देखिएको छ । यसले गर्दा कर्मचारीहरु छिटै शारीरिक तथा मानसिक रोगी हुने गरेको पाइएको छ ।
अध्ययनले बसेर काम गर्नेलाई ३०, ४० मिनेटको अन्तरमा शरीर तत्काउने गर्नु भन्दै सुझाव दिएको छ । कर्मचारीलाई बसेर उभिएर काम गर्ने बातावरण बनाउन सके त्यसले उत्पादकत्वमा निकै बृद्धि हुने सुझाव दिएको छ ।
एजेन्सी












समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु