
महत्वपूर्ण जडीबुटीको रूपमा रहेको बर्रो त्रिफला चूर्ण बनाउन प्रयोग हुन्छ ।
मध्यपहाडी क्षेत्र र बेसी क्षेत्रमा यो बढी पाइन्छ । त्रिफला चूर्णबाहेक अन्य विभिन्न समस्या हुँदा यसको प्रयोग गरिन्छ । यसको प्रयोग विशेषगरी, बर्रोका दुई भागलाई औषधिको रूपमा प्रयोग गरिन्छ । बाहिरी भाग र गुदी भागलाई औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ ।
बिउ बाहिरको भाग खोकी लागेमा एकपटकमा एक ग्राम मुखमा लिएर चुसिराख्नुपर्छ । खोकीको अवस्था हेरी दिनमा तीनदेखि पाँचपटकसम्म चुस्नु उपयुक्त हुन्छ । दम, खोकी र स्वर भासिएका वेला वा खसखस गरेका वेला बर्रोे चूर्ण बनाई दिनको दुईदेखि तीनपटक तीनदेखि ६ ग्रामका हिसाबले सेवन गर्दा ठीक हुन्छ ।
बिउको गुदी बिउको गुदी भाग विशेषगरी शुक्रकिट बढाउन र यौनवर्धक औषधिका रूपमा प्रयोग गरिन्छ । प्रत्येक दिन ३ देखि ५ ग्राम गुदीलाई मह र घ्युसँग मिसाएर खाँदा राम्रो हुन्छ ।
एकपटकमा ८० मिलिग्राम पानीमा १० ग्राम बर्रो हाली आधा हुन्जेल पकाएर पिउने र सँगै लगाउने गरेमा आँखाको समस्या, छालाको रोग या कपाल फुलेको ठीक हुन्छ । वाकवाकी लागेका वेला, बढी तिर्खा लागेको समयमा पनि बर्रो सेवन गर्दा त्यसले फाइदा पुर्याउँछ । (एजेन्सी)













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो