सुनिताको गीतिसंग्रह ‘सुरबी’ र कवितासंग्रह ‘विम्ब’ सार्वजनिक

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
सुनिताको गीतिसंग्रह ‘सुरबी’ र कवितासंग्रह ‘विम्ब’ सार्वजनिक

Share

नारीकोसिस डटकम/माघ ४, काठमाडौं । पेशागत रुपमा नर्सिङ क्षेत्रमा आवद्धता एंव नेपालको गोरखा जिल्लामा जन्मिनु भएकी कवि तथा गीतकार सुनिता बस्नेत थापाको गीतिसंग्रह सुरबी र कवितासंग्रह विम्ब एकैसाथ सार्वजनिक गरिएको छ ।

शुभकामना मिडिया शोलुशन र गुञ्जन (नारी साहित्य संस्था) द्वारा शुक्रवार काठमाडौंको प्रज्ञाभवन कमलादीमा एक औपचारिक कार्यक्रम आयोजना गरी थापाको  दुवै संग्रह सार्वजनिक गरिएको हो ।

सो कार्यक्रममा प्रमुख आतिथिको रुपमा गीतकार संघ नेपालका अध्यक्ष चूडामणी देवकोटा उपस्थित हुनुन्थ्यो भने डा. कृष्णहरी बराल, डा.राजुबाबु श्रेष्ठ, राजनविक्रम थापा लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै साहित्यकार बरालले सर्जक थापाका कृतिले महिलाका भावना र अनुभूतिलाई प्रतिनिधित्व गर्दै देश प्रेमलाई पनि समेटेको बताउनु भयो ।

यी दुई ‘ विम्ब ‘र ‘सुरबी ‘  स्वर्गिय आफ्नो जन्मदाता बुवाको हौसला र प्रेरणका कारण साहित्य यात्रालाइ मूर्त रुप दिई उहाँकै स्मृति र आफ्ना सन्ततीलाई देश प्रेमको नैतिक पाठ सिकाउन  सिर्जित संग्रह रहेको बताउनुहुन्छ कवि तथा गीतकार बस्नेत थापा । साथै यी दुबै कृतिबाट भएको आय आर्जन आफ्नो लगानी कटाएर सामाजिक सेवामा आफनो माता पिताको नामबाट समर्पण गर्ने बताउनु भयो ।

सबै गीतमा संगीतकार सुनील मास्केको संगीत रहेको सो एल्वमा २ वटा गीतमा संगीतकार मास्केले नै स्वर दिनुभएको छ भने संगीतकार मास्के २७ वर्षपछि पून गायन यात्रामा फर्किनुभएको हो ।

साथै सो एल्वमा मेलिना राई, शिव परियार, अस्मिता अधिकारी, वानिका प्रधान र विश्व नेपालीको स्वर रहेको छ । एल्बममा प्रदीप श्रेष्ठको एरेन्ज रहेको छ । एल्बममा समावेश गीत मध्ये तिमीलाई भेटन बोलको गीतको म्युजिक भीडियो पनि निर्माण भएको छ ।

कविता संग्रहमा विम्वमा मेरो रजस्वला, दुर्गा, दशैको आशिष, चिचिला, गर्भ रुन्छ, आह्वान, भित्तेपात्रो, मेरो सेतो सारी ,दुर्गाहरु, विदेशिएको म आदि इत्यादि रहेका छन्।

नेपालमा लामो समय नर्सिङ क्षेत्रमा काम गर्नुभई २००७ सालमा अमेरिका प्रवेश गर्नुभएकी बस्नेत थापाको चिचिला कविताले हालै अन्तराष्ट्रिय नेपाली साहित्य समाज डालस शाखा टेक्ससद्वारा आयोजित १११ औं लक्ष्मी जयन्ती एवं पुष्पराज भूप कुमारी साहित्य पुरस्कार २०७६ को कवि गोष्टीमा पुरस्कृत समेत हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया