
नारीकोसिस डटकम/असार ८, यतिखेर गर्मी मौसममा लाग्ने रोग मात्र नभई मनसुनको समय पनि भएकाले अन्य रोगको संक्रमण तथा पेटसम्बन्धी रोग लाग्ने बढी सम्भावना हुन्छ ।
यो मौसममा पाचन प्रणालीको समस्याका साथै आलस्य बनाउने, कमजोरी महसुुस हुनेलगायत समस्या देखिन्छन् । यस्तो अवस्थामा आफूलाई कसरी स्वस्थ राख्ने यी उपायहरु अपनाऔं ।
स्वस्थ खाना खाने:
यो मौसममा भुटेका तथा तारेका खानेकुरा नखाने । यस्तो मौसममा यस्ता पचाउन गाह्रो हुने किसिमका खानेकुरा शरीरले पचाउन नसक्ने भएकाले सजिलै पचाउन सकिने खाना खानुपर्छ ।
प्रतिरक्षा शक्ति बढाउने:
शरीरको रोगसित लड्ने प्रतिरक्षा क्षमता पनि कमजोर हुन्छ । यस्तो बेलामा लसुन, प्याज, बेसार र मेथीजस्ता खानेकुरा भोजनमा समावेश गनुपर्छ । यी खानेकुराले शरीरमा प्रतिरक्षा क्षमताको विकास गर्छन् ।
केही मकैका परिकार समावेश गर्ने:
मकैमा उच्च फाइबर हुने भएकाले मकैका परिकारले शौच प्रक्रियालाई सहज बनाइदिन्छ । त्यसैगरी हरियो सागपात पनि भोजनमा नियमित समावेश गर्नुपर्छ । जसले शरीरमा आइरन र फाइबरको मात्रा पुग्छ र पाचन प्रणालीलाई सहज बनाउँछ ।
खानामा तितेकरेला समावेश गर्ने:
तितेकरेलामा रगत सफा गर्ने तत्व हुन्छ । तितेकरेलाले संक्रमणबाट पनि रोक्छ । यसको जुस पिउनाले ग्यास्ट्रिक हटाउने तथा कब्जियत हुन दिँदैन । जुन यो मौसममा सबैलाई हुने साझा समस्या हो ।
खानामा आँप समावेश गर्ने:
काँचो आँपले पाचन प्रणालीका झाडापखाला, अपच र कब्जियत रोगलाई रोक्छ । जुन मनसुन या गर्मी मौसममा हैरान पार्ने रोग हुन् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो