
नारीकोसिस डटकम/असार ८, काठमाडौं । अबदेखि माल्दिभ्सबाट भारत आउने नेपालीलाई भिसा नचाहिने भएको छ । भारत र माल्दिभ्सबीच सम्बन्धमा सुधार आएसँगै त्यहाँबाट भारत आउने नेपालीलाई अनिवार्य गरिएको भिसा प्रावधान हटाइएको हो ।
भारतले चीन, पाकिस्तान, हङकङ, मकाउ र माल्दिभ्सबाट भारत जाने नेपालीलाई अनिवार्य भिसाको व्यवस्था गरेको थियो। सामान्यतः भारत र नेपालबीच भिसा आवश्यक नपर्ने भए पनि पछिल्लो समय भारतले आफूसँग राम्रो सम्बन्ध नभएका मुलुकबाट भारत जान चाहने नेपालीलाई भिसा अनिवार्य गरेको थियो।
भारत र माल्दिभ्सबीच निवर्तमान राष्ट्रपति अब्दुल्ला यमिन गयुमको कार्यकालमा तिक्ततापूर्ण सम्बन्ध रहेको थियो । नोभेम्बर २०१८ पछि राष्ट्रपतिमा इब्राहिम मोहम्मद सोलेह आएपछि भारतसँगको सम्बन्धमा सुधार आएको छ ।
माल्दिभ्सँगको सम्बन्ध सुधारकै कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकाल सम्हालेपछि पहिलो विदेश भ्रमण माल्दिभ्सबाट सुरु गरेका थिए।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु