
वर्षामा गर्मीका कारण पसिना बढी निस्कन्छ । यसबाट केश चाँडै मैलो तथा चिपचिप हुन्छ । यो मौसममा जाडो यामको तुलनामा बढी स्याम्पु गर्नुपर्छ । त्यसैले कलर्ड केशका लागि बनाइएको माइल्ड स्याम्पु प्रयोग गर्नुपर्छ । यसबाट हेयर कलर सुरक्षित रहन्छ भने केश पनि नरम हुन्छ ।
कलर्ड केशलाई हावा, समुद्रको पानी, स्वीमिङ पुलको क्लोरिनयुक्त पानी आदिबाट जोगाउनुपर्छ किनभने क्लोरिनले केशको जरालाई कमजोर बनाउँछ ।
सूर्यको अल्ट्राभ्वाइलेट किरणले पनि कलर्ड केशको चमक एवं कोमलतालाई हानि पुर्याउँछ । अतः घाममा बाहिर निस्कनुपूर्व क्याप वा छाता प्रयोग गर्नुपर्छ । समुद्र वा स्वीमिङ पुलको पानीमा जानुपूर्व सावर क्याप प्रयोग गर्न सकिन्छ ।
बढी समय घाममा बिताउनुपर्ने काम छ भने कलर्ड केशलाई घामबाट जोगाउन स्याम्पु गरेपछि सनसिल्ड प्रयोग गर्नुपर्छ । यसमा युवी अल्ट्राभ्वाइलेट फिल्टर हुन्छ, जसले केशलाई सूर्यको किरणबाट जोगाउनुका साथै केशको कलर पनि लामो समयसम्म सुरक्षित रहन्छ ।
स्याम्पु गरेपछि केश सुकाउनु, घाममा बस्नु तथा हेयर ड्रायर प्रयोग गर्नु हुँदैन । यसबाट केशको रंग चाँडै उड्छ भने त्यसको स्वाभाविक नरमपन पनि कम हुन्छ । त्यसैले केश छायाँमा सुकाउनुपर्छ ।
कलर्ड केशको टेक्सचराइजिङ गराउँदा राम्रो लुक आउँछ र बढी आकर्षक देखिन्छ ।
स्याम्पु गरेपछि कलर्ड केशमा कन्डिसनर तथा सिरम लगाउनुपर्छ । यसबाट केशको प्राकृतिक नरमपन, रंग तथा कोमलता कायम रहन्छ ।
सधैं गुणस्तरीय हेयर कलर प्रयोग गर्नुपर्छ । पहिलो पटक कलर गर्दा पहिले कानको पछाडि थोरै मात्रामा हेयर कलर लगाएर दस मिनेटजति छोड्ने । कुनै प्रकारको रियाक्सन भएन भने मात्र केशमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो