
नारीकोसिस डटकम/असार १६, काठमाडौं । भक्तपुरमा चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको हत्यामा संलग्न चार अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हत्या गरिएकी भट्टराईको छोरीसहित चार जनालाई सोमबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा हत्या गरीएकी भट्टराइको छोरी ईश्वरी भट्टराइ, सिरहाका मोहम्मद नौशाद, अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइस छन्। उनलाई प्रहरीले आइतबार राति धादिङको गजुरीबाट पक्राउ गरेको थियो। भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ।
प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई सुपारी दिएको प्रहरीले जनाएको छ। प्रेम सम्बन्धका कारण आफ्नै आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा थिइन् । भट्टराईको आइतबार बिहान चक्कु प्रहार गरी भएको हत्या भएको थियो।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु