
अहिलेको मौसम आँप खाने हो । आँपको स्वादले सबैको मन लोभ्याउने काम गर्छ । त्यसैले आँपलाई फलको राजा पनि भनिन्छ । आँपको जस्तो सुगन्ध, स्वाद र मानव स्वास्थ्यका लागि फाइदा अन्य फलले दिदैंन । रसिलो र स्वादिलो आँप मात्रै होइन यसको कोया पनि स्वास्थ्यका लागि उत्तिकै फाइदाजनक छ । आँपको कोया, पात, बोक्रा, काठ सबै चिज प्रयोगमा आउने भएर पनि यो फललाई फलहरूको राजा भनिएको हो । आयुर्वेदमा उपचार पद्धतीमा आँपको रुखको हरेक भागलाई प्रयोग गरिन्छ । यहाँ आँपको कोयाले स्वास्थ्यलाई कसरी फाइदा गर्छ भनेर केही जानकारी प्रस्तुत गरिएको छ ।
दाँत बलियो बनाउन:
आँपको पातलाई सुकाएर धुलो बनाउने र यसमा आँपको कोयाको भित्री भागमा रहेको बस्तुलाई पिधे्रंर मिसाउने । यो दुवैलाई मिसाएर हरेक बिहान दाँत माझ्ने हो भने दाँत बलियो र सेतो बन्छ । साथै आँपको हरियो पात चपाउने हो भने पनि दाँत सम्बन्धी धेरै समस्या ठीक हुन्छ ।
कोलेस्ट्रोल ठीक गर्छ:
आँपको कोया खाएमा रक्तसञ्चारमा सहयोग गर्नुको साथै कोलेस्ट्रोल लेवल बढ्न नदिन पनि मद्दत गर्छ ।
मुटु सम्बन्धी समस्यामा राहत:
यदि आँपको कोया सिमित मात्रामा नियमित खाएमा मुटु सम्बन्धी समस्यालाई राहत मिल्छ । आँपको कोयाले उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुको साथै रक्त धमनीहरुलाई पनि खोल्न र सबल बनाउँछ ।
कपाल उमार्न:
आँपको कोयाबाट बनेको तेलमा फ्याटी एसिड, मिनरल्स र भिटामिनले भरिपूर्ण हुन्छ । कोयाबाट घरैमा पनि तेल निकाल्न सकिन्छ । आँपको १२/१३ वटा कोयालाई घाममा धेरै दिनसम्म सुकाएर त्यसलाई कुटेर कपडाले छानेमा तेल निस्कन्छ । यसलाई नरिवलको तेलमा पकाएर नियमित लगाउने हो भने कपाल उर्मान मद्दत गर्छ । साथै सेतो कपाल पनि कालो हुन्छ ।
महिनावारीमा धेरै रगत बग्नबाट रोक्छ:
आँपको कोयाको धुँलो, दही र नुन मिसाएर खाएमा महिनावारीका बेलामा हुने अत्याधिक रक्तस्राव रोकिन्छ ।
मोटोपन घटाउँछ:
आँपको कोया नियमित सेवन गरेमा रक्तसञ्चार ठीक हुनुको साथै मुटु सम्बन्धी सबै समस्या ठीक हुन्छ । साथै कोलेस्ट्रोल लेवल पनि ठिक हुने हुँदा मोटोपन तिव्रगतिमा घटाउँछ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो