
तपाईको आज एउटा नयाँ सुरुवात हो । न त यो हिजो थियो, न त भोली नै हुनेछ । प्रत्येक आज नयाँ अवसर हो, यसरी सोचेर हेर्नुहोस्
हिजोको तिता अनुभवलाई भुलाउनको लागि हिजो रात परेको हो र ती अनुभवलाई शिक्षाको रुपमा रुपान्तरण गर्नको लागि आज सूर्य उदाएको हो । त्यसैले हिजोले आजलाई बिग्रन नदिनुहोस् ।
हिजो असफल भएको कामले गर्दा निराश नबन्नुहोस् । तपाईको लक्ष्य पूरा गर्नको निम्ती नयाँ तरिकाले सोच्न आजको दिनले सुन्दर अवसर दिएको छ ।
हिजोको कथा नै पढेर र अरुलाई सुनाएर आजको दिन नबिताउनुहोस् । आज तपाईको जीवनको नयाँ कथा रच्नको लागि खाली कागजको रुपमा पूरा दिन तपाईको अगाडी छ ।
जन्मिएर ताते – ताते गर्नसम्म नसक्ने तपाई आजको दिनसम्म आइपुग्नुभएको छ । आजको दिनसम्म तपाईको परिवारले तपाई माथि गरेको मायाँ, पालनपोषण, विश्वास र तपाईको प्रयास आज तपाई निराश बनेर जीवनबाट हरेश खानको लागि होइन ।
आज अप्ठ्यारो परिरहेको छ ? आज पनि फेरी सूर्य अस्ताउनेछ र भोली बिहान फेरी उदाउनेछ, आशा राख्न सिक्नुहोस् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो