
काठमाडौं गर्मीमा फिट रहनु आफैंमा चुनौतीपूर्ण हुन्छ । तर, केही बानीमा फेरबदल गरेर आफूलाई फिटनेस राख्न सकिन्छ । जानकारहरूले फिटनेस राख्ने यी उपाय बताएका छन् ।
बिहान सबेरै उठौं
गर्मीमा सबेरै उठेर शारीरिक अभ्यास गर्ने हो भने फिट रहन सकिन्छ । यो मौसममा बिहान ८–९ बजेपछि तापक्रम बढ्न थाल्छ । त्यसकारण बिहानै शारीरिक अभ्यास गर्नुपर्छ ।
चाडै सुतौं
स्वास्थ्यका लागि बिहानै उठ्नु लाभदायक मानिन्छ । बिहान चाडै उठ्नका लागि राती चाडै सुत्नुपर्छ । नियमित शारीरिक अभ्यास गर्ने मानिसलाई कम्तिमा ७–८ घन्टा निद्रा आवश्यक हुन्छ ।
पर्याप्त पानी पिऔं
गर्मीमा शारीरिक अभ्यास गर्दा काफी मात्रामा पसिना निस्कन्छ । त्यसकारण शारीरिक अभ्यास गर्दा पर्याप्त मात्रामा पानी पिउनुपर्छ । तर, केही समय रोकेर ।
ड्राई फिट लगाऔं
अधिकांश मानिस जिममा जाँदा कसिलो लुगा लगाउने गर्छन् । तर, गर्मीमा खुकुलो र ड्राई फिट कपडा लगाउनु आवश्यक हुन्छ । शरीरमा कपडा टाँसिँदा गर्मी हुन्छ । साथै, पसिना सजिलै सुकाउन पनि ड्राई फिट कपडा लगाउनु उपयुक्त हुन्छ ।
तुरुन्तै ननुहाऔं
गर्मीमा कतिपय मानिस शारीरिक अभ्यास गरेलगत्तै नुहाउँछन् । तर, यो स्वास्थ्यका लागि हितकर हुँदैन । किनकि शारीरिक अभ्यास गर्दा शरीरको तापक्रम बढेको हुन्छ । त्यसकारण १ घन्टापछि नुहाउनु उपयुक्त हुने जानकार बताउँछन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु