
आधुनिक प्रविधिको द्रुततर विकास र सामाजिक चेतनाको अभिवृद्धिसँगै स्वास्थ्य सचेतनामा आममानिसको धारण निकै फेरबदल भइरहेको छ । एलियोप्याथिक उपचार पद्धतिमा निरन्तर बानी परेको वर्तमान समाज आयुर्वेदिक चिकित्सा पद्धति त्यति जानकार छैनन् । यद्यपि, पछिल्लो समय प्राकृतिक आयुर्वेदिक चिकित्सा पद्धतिप्रति रुची राख्ने समूह पनि बढ्दै गइरहेको छ । बजारमा पाइने ‘एन्टिबायोटिक’ औषधिको विभिन्न साइड इफेक्ट हुन्छन् । तर, तिनको सट्टा प्राकृतिक रुपमै पाइने विभिन्न खानेकुराले कुनै साइड इफेक्ट नगरि एन्टिबायोटिकले जस्तै काम गर्छन् । यिनीहरूमा एन्टिबायोटिकको मात्रा कम हुनाले ढिलो प्रभाव गर्ने भए पनि शरिरमा रोगसँग लड्ने शक्ति बढाउन मद्दत गर्छन । जुन हामीले दैनिक जिवनमा प्रयोग गरिरहेका पनि हुन्छौ ।
लसुन :
लसुनमा ‘एलिसिन’ नामक एक तत्व पाइन्छ जसले मुटुमा हुने समस्याबाट हामीलाइ बचाउँन मद्दत गर्छ । खाली पेटमा एक केस्रा लसुनलाई महमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।
मह :
महमा पाइने ‘एन्टिओक्सिडेन्ट्सले हामीलाई संक्रमण हुनबाट बचाउँछ । कागती पानीमा थोरै मह घोलेर पिउँदा फाइदा हुन्छ ।
दालचिनी :
यसमा ‘सिनेमेल्डिहाइड’ पाइन्छ, जसले शरिरभित्र हुने खराब पदार्थ अर्थात टक्सिनलाई हटाउन मद्दत गर्छ । दालचिनीलाई तरकारीमा मसलाको रुपमा वा चियामा हालेर पिउँदा पनि फाइदा हुन्छ ।
बेसार :
बेसारमा पाइने करक्यूमिनले शरिरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँन सहयोग पु¥याउँछ । बेसारलाई तरकारीमा हालेर पकाउनुको बाहेक दुध वा पानीमा हालेर पिउँदा पनि फाइदा हुन्छ । ब्याक्टेरियल इन्फेक्सन भएर घाँटी दुखेको बेलामा एक चम्चा बेसार मुखमा हालेर दुध वा पानीले निल्दा निकै फाइदा गर्छ ।
सुन्तला :
सुन्तलामा पाइने भिटामिन सी ले पनि रोग प्रतिरोधक क्षमता बढाउँन मद्दत गर्छ ।
तुलसी :
यसमा पाइने ‘एन्टिआक्सिडेन्ट्सले मुटु सम्बन्धी समस्याबाट हामीलाइ बचाउँछ । तुलसीको पात खाने वा चियामा हालेर पिउँदा पनि फाइदा हुन्छ ।
अदुवा :
अदुवामा पाइने जिन्जेरोल्सले क्यान्सरबाट बचाउँन सहयोग गर्छ । अदुवालाई तरकारीमा मसलाको रुपमा वा चियामा हालेर पिउन सकिन्छ ।
हरियो धनियाँ :
यसमा पाइने एन्टिओक्सिडेट्सले मधुमेहबाट बचाउन मद्दत गर्छ । धनियाँको जुस बनाएर वा अचार वा तरकारीमा हालेर खान पनि सकिन्छ ।
रातो खुर्सानी ;
यसमा पाइने ‘केप्सिसिनले पनि रोगसँग लड्ने क्षमतालाई बढाउँन सहयोग गर्छ । हरियो खुर्सानिमा हुने भिटामिन सीले पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।
प्याज :
प्याजमा पाइने ‘एन्टीबायोटिक, एन्टी इन्फ्लेमेटरीले जोर्नी दुख्ने समस्याबाट बचाउन मद्दत गर्छ । प्याजलाई सलाद बनाएर वा तरकारीमा हालेर खान सकिन्छ । (हाम्रो डाक्टर न्युजबाट साभार)













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु