
नारीकोसिस डटकम/साउन २६, काठमाडौं । मेरीहोम मन्टेश्वरी प्रि–स्कुल तथा टिचर्स टेनिङ्ग सेन्टर द्वारा आयोजित स–साना वालवालिकाहरुको मनोभावनालाई बुझेर कसरी हुर्काउने र उनीहरुको क्षमता अभिवृद्धि तथा विकासमा अभिभावकले के -के भूमिका निर्वाह गर्ने भन्ने उद्देश्यले अभिभावकहरुलाई दिएको एक दिने प्रशिक्षणत्मक वाल मनोविज्ञान परामर्श अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा चन्द्रगीरी नगरपालिका वडा नं. १५, तिनथानमा सोही वडाका वडा अध्यक्ष उत्तम बहादुर राउतको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको हो ।कार्यक्रममा सोही मन्टेश्वरीमा अध्ययनरत वालवालिकाहरुको अभिभावकहरुले सहभागी जनाएका थिए ।
कार्यक्रमलाई सामाजिक मनोपरामर्शदाता महालक्ष्मी आचार्य र ग्रीष्मा पनेरुले सहजीकरण गर्नुभएको थियो ।यसैगरी राष्ट्रिय कलाकार गायक तथा संगीतकार प्रकाश रेग्मीले गीत प्रस्तुत गर्नुभएको थियो ।
मेरीहोम मन्टेश्वरीका अध्यक्ष तथा कार्यत्रमका सभाअध्यक्ष सविता दानी वस्नेतले बालबालिकालाई लगनशील र ज्ञानी बनाउन पहिलो विधालय अभिभावक र दोस्रो मात्रै विधालय हुने हुँदा, अभिभावकहरुलाई यस्ता बालमनोविज्ञानका चेतना मूलक तालिमहरुले भविश्यमा आफना नानीबाबुहरुलाई असल नागरीक बनाउन सकोस भनि अध्यक्ष दानीले यो कार्यक्रमको आयोजना गरिएकोे बताउनुभयो ।त्यस्तैगरी बस्नेत दानीले कार्यक्रमलाई सफलतापुर्वक सम्पन्नगर्न प्रत्क्षय तथा अप्रत्क्षयरुपमा सहयोग गर्नु हुने सबैमा धन्यवाद सहित आभार व्यक्त गर्नुभयो ।















समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु