
नारीकोसिस डटकम/भदौ ९, काठमाडौं । प्रहरीले एयरहोस्टेज भएको बताएर ठगीमा संलग्न रहेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा–६ की २७ वर्षीया तविता राई छिन् ।
इलाका प्रहरी कार्यालय, बिर्तामोडले दुई युवकको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । बिर्तामोडका डीएसपी मोहनकुमार थापा भन्छन्, ‘उनले गुरास र गरिमा श्रेष्ठको नक्कली फेसबुक आईडी बनाएर पुरूषलाई माया जालमा पार्दै ठगी गर्ने गरेको भेटिएको छ ।’
थापाका अनुसार, उनले आफू जेट एयरलाइन्समा कार्यरत भएको बताउने गरेकी थिइन् भने बुबा अमेरिका बस्ने र आमा डाक्टर भएको बताउँदै घराना परिवारको सदस्यका रुपमा चिनाउने गरेकी थिइन् ।
तर, मोबाइल र म्यासेन्जरको निरन्तरको कुराकानीपछि उनले आफूलाई आकस्मिक समस्या देखाएर पुरुषसँग रकम माग्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
डीएसपी थापाका अनुसार, राईले इन्स्टाग्रामबाट एक एयर होस्टेजको फोटो निकालेर नक्कली फेसबुक प्रोफाइल बनाएको भेटिएको छ । उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ठगी कसूर अन्तरगत कानूनी कारबाही हुने प्रहरीले जनाएको छ ।(अनलाइन खबरबाट साभार)













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु