
नारीकोसिस डटकम भदौ २०, पर्सा । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै शुक्रबार बिहानै १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ ।
वीरगन्ज छाप्कैयाकी मुस्कान खातुनमाथि शुक्रबार बिहान वीरगन्ज वडा नम्बर ५ गणेशमान चौकमा स्कुल जाने क्रममा दुई युवकले एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
एसिड प्रहारबाट मुस्कान गम्भीर घाइते भएकी छिन ।
अहिले उनको उपचार वीरगन्ज स्थित नारायण अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।
त्रिभुवन हनुमान मावीमामा कक्षा ९ मा अध्ययनरत मुस्कानको एसिड प्रहारबाट एक साइटको भाग पुरै जलेको छ ।
मुस्कानलाई एसिड प्रहार गर्ने स्थानीय गाउँकै १६ वर्षिय संसाद मिया र १७ वर्षिय माजिद आलम रहेको प्रहरीले जनाएको छ ।
युवक द्वयले मुस्कानको छाति, हात र मुखमा एसिड प्रहार गरी फरार भएका थिए फरारमध्ये एसिड प्रहार गर्ने मुख्य व्यक्ति संसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरार मजिदको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाकी माइजु रियाना खातुनका अनुसार घटनामा संलग्न दुबै चिनजानकै र छिमेकी हुन् । उनलाई थप उपचारको लागि काठमाडौं उपचार को निम्ति लगिएकोआफन्तले जनाएको छ ।
पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु