
एजेन्सी । सिताफललाई आटि फल पनि भन्ने गरिन्छ । सिताफलमा पाईने भिटामिन तथा खनिज पदार्थले मानिसमा धेरै किसिमको रोग प्रतिरोधात्मक क्षमाताको विकास हुन्छ । यसले हृदयघात र क्यान्सर जस्ता ठुलो रोगहरु सित लड्ने क्षमाताको विकास गर्ने काम गर्छ । यसको नियमित सेवनले रक्तचाप को नियन्त्रणमा काम गर्छ । आँखा तलको कालोपनलाई चम्किलो बनाउने काम गर्छ । यसले शरीरलाई आवश्यक पर्ने तामा तत्व तथा फलाम तत्व प्रकृतिक रुपबाट पूरा गर्ने काम गर्छ । यसमा म्याग्नेसियम धेरै मात्रामा पाईने गर्छ ।
म्याग्नेसियमले हाम्रो शरीरमा रहेको पनिको मात्रामा सन्तुलन ल्याउने काम गर्छ । यसले शरीरको जोर्नीहरुको दुखीमा कमि र नियन्त्रण ल्याउने काम गर्दछ । यसको नपाकेको फलबाट ट्यानिन जस्तो तत्व उत्पादन गर्छ । जसको धुलो बनाएर खादा झाडापखाला लागेको बेलामा प्रयोग गर्न सकिन्छ । यसको पात र बोक्रालाई पनिमा राखेर पांच मिनेट सम्म उमालेर सेवन गर्यो भने जुका नियन्त्रण हुनसक्छ ।सीताफल प्रसोधन गरेर निकालेको तत्वले रगतमा रहेको ग्लुकोजको स्तर नियन्त्रण गर्ने काम गर्छ ।
यसको सेवनले लिपिड, प्लाज्मको इन्सुलिन बढाउने काम गर्छ । यसको एन्टी अक्सिडेन्ट तत्वले गर्दा रक्तचापका बिरामीलाई निकै मद्यत पुर्याउँछ । यस प्रकारको फल सेवन गर्दा निकै फाइदा पुर्याउने देखिन्छ । यसमा पाईने तत्वले शरीरलाई निकै फाइदा दिने गर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु